१८ श्रावण २०८३, सोमबार | August 3, 2026

काठमाडौंको निषेधाज्ञा थप कडा बनाउने उपत्यकाका सीडीओहरुको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारबसको बैठकले निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउँदै थप कडा बनाउने निर्णय भएको हो ।

अब उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै दैनिक अत्यावश्यक वस्तुका लागि पसलहरु खुला हुनेछन् । यसअघि साँझ ५ बजेदेखि पनि पसल खुला गरिएको थियो । सीडीओहरुले यसअघि जारी भएका सबै पास रद्द गर्ने समेत निर्णय गरेका छन् ।

यस्तै, काठमाडौं उपयत्यका प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरिनेछ भने सडकमा निषेधाज्ञाकै बीचमा चलेका सवारी साधान र मानिसहरुको आवागमनलाई समेत नियन्त्रित गरिनेछ ।

सरकारी कार्यालय एवं बैंक तथा वित्तीय संस्थाका एक चौंथाईं कर्मचारीलाई मात्र यात्रा अनुमति दिइनेछ । सडकमा हिँड्ने सर्वसाधारणले समेत औचित्य प्रमाणित हुने कागजपत्र साथमा देखाउनुपर्नेछ ।

उपत्यका कोरोना महामारीको दोस्रो लहरले नराम्रोसँग प्रभावित बनेपछि भाइरसको चेन ब्रेक गर्न भन्दै यही बैशाख १६ गते बिहान ६ बजेबाट २२ गतेरातिसम्म निषेधाज्ञा लगाइएको थियो । तर मन्त्रिपरिषदले भने बैशाख २९ गतेसम्म नै निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएका कारण उपत्यकाका सीडीओहरुले थप कडा प्रावधानसहित दोस्रो हप्ताको निषेधाज्ञा लगाएका हुन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ३२ बजे

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा