८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौंको निषेधाज्ञा थप कडा बनाउने उपत्यकाका सीडीओहरुको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारबसको बैठकले निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउँदै थप कडा बनाउने निर्णय भएको हो ।

अब उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै दैनिक अत्यावश्यक वस्तुका लागि पसलहरु खुला हुनेछन् । यसअघि साँझ ५ बजेदेखि पनि पसल खुला गरिएको थियो । सीडीओहरुले यसअघि जारी भएका सबै पास रद्द गर्ने समेत निर्णय गरेका छन् ।

यस्तै, काठमाडौं उपयत्यका प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरिनेछ भने सडकमा निषेधाज्ञाकै बीचमा चलेका सवारी साधान र मानिसहरुको आवागमनलाई समेत नियन्त्रित गरिनेछ ।

सरकारी कार्यालय एवं बैंक तथा वित्तीय संस्थाका एक चौंथाईं कर्मचारीलाई मात्र यात्रा अनुमति दिइनेछ । सडकमा हिँड्ने सर्वसाधारणले समेत औचित्य प्रमाणित हुने कागजपत्र साथमा देखाउनुपर्नेछ ।

उपत्यका कोरोना महामारीको दोस्रो लहरले नराम्रोसँग प्रभावित बनेपछि भाइरसको चेन ब्रेक गर्न भन्दै यही बैशाख १६ गते बिहान ६ बजेबाट २२ गतेरातिसम्म निषेधाज्ञा लगाइएको थियो । तर मन्त्रिपरिषदले भने बैशाख २९ गतेसम्म नै निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएका कारण उपत्यकाका सीडीओहरुले थप कडा प्रावधानसहित दोस्रो हप्ताको निषेधाज्ञा लगाएका हुन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ३२ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस