१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा डिस्चार्ज हुनेको संख्या बढ्यो, मृत्युदर घट्यो, २४ घण्टामा ३८० संक्रमित थपिँदा २९३ जना डिस्चार्ज



नेपालगंज । बाँकेमा कोरोना जितेर घर फर्किनेको क्रम बढेको छ भने मृत्युको दर पनि केहि घटेको देखिएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा ७६ वर्षीय वृद्ध सहित २ सय ९३ जना संक्रमणमुक्त भई घर फर्किँदा सोमबार सम्म १० बढी संख्यामा मृत्युको घटना आउने बाँकेमा बुधबार ४ जनाको मात्र मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सोमबार बाँकेमा १२३ महिला र १७० पुरुष गरि थप २९३ जना संक्रमणमुक्त भई घर फर्किएका छन भने पछिल्लो २४ घण्टामा ४ जनाको मात्र मृत्यु भएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टामा बाँकेमा ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका ३ पीसीआर प्रयोगशाला मध्य २ वटा पिसिआर प्रयोगशालाबाट प्राप्त रिपोर्टमा १८२ महिला र १९८ पुरुष गरि थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज मेडिकल कलेज ल्यावमा २१९ नमुना परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३८२ नमुना परीक्षण गर्दा २३९ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालाले आज रिपोर्ट नपठाएको फोकल पर्सन ओलीले बताए । कुल संक्रमित ४२४ जनामा संक्रमण देखिएकोमा बाँकेका ३८० जना मात्र संक्रमित रहेको उनले बताए ।

जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २२ रहेको छ भने १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

आज मृत्यु भएको सहित बाँकेमा कोरोनाबाट जिल्ला भित्रका १४६ र जिल्ला बाहिरका १२६ गरि २७२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ०९ बजे

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य