१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रधानमन्त्री ओलीलाई कांग्रेस नेताहरुले भने : संविधान मिच्ने काम गर्नुभएको छ, सहयोग गर्न सक्दैनौं



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेको छ ।

नेपाली कांग्रेसका नेताहरुलाई भेट्न सभापति शेरबहादुर देउवा निवासमा आफ्ना नेताहरुसहित पुगेका ओलीलाई कांग्रेस नेताहरुले सहयोग गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मतमा सहयोग गर्न आग्रह गरेपछि कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता प्रकाशशरण महतले सरकारलाई अहिलेको अवस्थामा सहयोग गर्न नसक्ने कुरा बताएको जनाए । उनले भने, ‘हामीले ओलीजीलाई भन्यौं – तपाईंहरुले सत्तामा आएदेखि लोकतान्त्रिक मान्यतालाई कुल्चिनुभएको छ । संविधानलाई मिच्नुभएको छ । अहिले त त्यो काम झन बढेको छ । त्यसैले लोकतन्त्रप्रति व्यवहारिक रुपमा प्रतिवद्ध नभएसम्म, लोकतान्त्रिक संस्थाहरुलाई, संविधानलाई बलियो बनाउने दिशामा व्यहारिक प्रतिवद्धता नदेखिएसम्म हामीहरु तपाईंलाई सहयोग गर्न सक्दैनौं ।’

नेता महतले आफुहरुले संविधान र संसद छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश र अन्य अध्यादेशहरु ल्याएकोमा पनि आपत्ति जनाएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सँगै लडेका सहयात्री दलहरु एक हुनुपर्ने बताएका थिए । ओलीले कांग्रेस नेताहरुसँग आफुलाई विश्वासको मतमा सहयोग गर्न आग्रह गर्दै सहकार्य गरेर जान प्रस्ताव गरेका थिए ।

ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल बुढानीलकण्ठ पुगेका थिए ।

बैठकमा कांग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३३ बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र