१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा ५८७ संक्रमित थपिंदा २९५ जना डिस्चार्ज, १३ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा आज पनि ५८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेको पीसीआर ल्यावहरुमा १३२८ नमुना परीक्षण गर्दा ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पनि बुटवल उपमहानगरमा जिल्लाका सबै स्थानीय तहमा भन्दा बढी संक्रमित थपिएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १३६ जना, सिद्धार्थनगरमा ६७ जना, सैनामैनामा ४३ जना र देवदहमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि क१चन र सुद्धोधनमा १२।१२ जना, ओमसतियामा ७ जना, रोहिणी र सियारीमा ५।५ जना, गैडहवा र मायादेबीमा ३।३ जना, लुम्बिनी साँस्कृतिक नगरमा २ जना र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ । आज रुपन्देहीमा २९५ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ४९५५ जना सक्रिय संक्रमित रहेकोमा १६४ जना लक्षण सहितका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज