बाँकेमा २४ घण्टामा ८५१ जनामा संक्रमण पुष्टि, भेरी अस्पतालमा मात्र ४२७ जनाको रिपोर्ट ‘पोजेटिभ’

नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ८५१ कोरोना संक्रमित थपिएका छन् केहिबेर आएको भेरी अस्पताल पीसीआर प्रयोगशालाको रिपोर्ट अनुसार बाँकेमा संक्रमिण पुष्टि हुनेको संख्या ८५१ पुगेको हो । पीसीसीएमसी बाँकेले २ वटा प्रयोगशालाको रिपोर्टका आधारमा ४२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकोमा भेरीको थप भएपछि संक्रमित थपिएको संख्या ८५१ पुगेको हो ।
भेरीको प्रयोगशालामा ५३५ जनाको नमुना परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो । यस अघि २ वटा पीसीआर प्रयोगशालाबाट बाँकेका ३८० सहित जम्मा ४२४ जनामा संक्रमण पुष्टि भएको डीसीसीएमसीले जनाएको थियो ।
नेपालगन्ज मेडिकल कलेज ल्यावमा २१९ नमुना परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको थियो भने बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३८२ नमुना परीक्षण गर्दा २३९ जनामा संक्रमण पुष्टि भएको थियो ।