१७ श्रावण २०८३, आइतबार | August 3, 2026

बाँकेमा डीसीसीएमसीको ‘बासी’ रिपोर्टले दैनिक संक्रमितको तथ्यांक निकाल्न सकस



नेपालगन्ज । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले २२ घण्टा पहिले सार्वजानिक भएको रिपोर्टलाई समावेश गरेर आज बाँकेमा ७०० जना नयाँ संक्रमित थपिएको विवरण सार्वजानिक गरेको छ । बुधबार साँझ बाँकेका २ वटा ल्यावको मात्र रिपोर्ट सार्वजानिक गरे लगत्तै भेरी अस्पतालले आफ्नो ल्यावको रिपोर्ट सार्वजानिक गरेपनि डीसीसीएमसीले भेरी अस्पतालको बुधबारको रिपोर्ट समेटेर आज रिपोर्ट सार्वजानिक गरेको हो ।

भेरी अस्पतालको पछिल्लो रिपोर्टका आधारमा कतिपय सञ्चारमाध्यममा समाचार आईसकेको छ । डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले आज सार्वजानिक गरेको रिपोर्ट अनुसार नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा १०९ नमुना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाइग्नोशिस सेण्टरमा २८३ नमुना परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको बुधबारको रिपोर्टमा उल्लेख गरिएको ५३५ नमुनामा ४२७ संक्रमण पुष्टि भएको तथ्यांक समेत जोडेर आज ७०० जना संक्रमित थपिएको फोकलपर्शन ओलीले जनाएका छन् । आज सार्वजानिक भएको रिपोर्टमा भेरीको आज सार्वजानिक भएको रिपोर्ट देखाईएको छैन ।

डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन ओलीले केन्द्रीय संकट ब्यवस्थापन केन्द्रले ४ बजे भित्र दैनिक रिपोर्ट सार्वजानिक गर्न दिएको निर्देशन अनुसार ४ बजे पछि आउने रिपोर्ट सोहि दिन समावेश गर्न नसकिएको बताए । उनले ल्यावहरुबाट रिपोर्ट प्राप्त हुने समयको उतारचढावका कारण समस्या आएको बताउँदै आफुले पठाएको रिपोर्टलाई नै आधार मान्न आग्रह गरे ।

डीसीसीएमसीका अनुसार ७०० जना मध्य बाँकेका ५०० जना र बाँके बाहिरका २०० जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ५०८ जना कारोना मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ जना बाँके जिल्ला भित्रका र २ जना जिल्ला बाहिरको रहेको फोकलपर्शन ओलीले जनाएका छन् । ओलीका अनुसार बाँकेमा ५७६ जना बिभिन्न अस्पताल र आइसोलेशनमा बसेर उपचार गराईरहेका छन् भने ३५५९ जना होम आइसोलेशनमा रहेका छन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : २० बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले