७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीले आज पनि उछिन्यो प्रदेशका सबै जिल्लालाई, थपिए ७८२ नयाँ संक्रमित, ११ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा आज पनि प्रदेशका सबै जिल्लाहरुलाई उछिन्दै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधीमा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमिण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १३४ जना, सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सुद्धोधनमा १८ जना, मायादेबीमा १५ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, लुम्बिनी साँस्कृतिक नगरमा ८ जना, ओमसतियामा ५ जना, कोटहिमाईमा ६ जना, रोहिणीमा ४ जना र मर्चवारी र सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २४ घण्टाकैबीचमा २६० जनालाई कोरोना संक्रमण निको भएको छ । जिल्लामा ६००० जना सक्रिय संक्रमित मध्य २६९ जनामा लक्षण देखिएको छ । रुपन्देहीमा २४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई