७ आश्विन २०८३, बुधबार | September 23, 2026

निषेधाज्ञाको १२ औ दिन पुग्दा बाँकेमा कोरोना संक्रमणको ग्राफ घटेन, आज थपिए ७३१ संक्रमित



नेपालगन्ज । बाँकेमा निषेधाज्ञा जारी गरेको १२ औ दिन पुग्दा पनि कोरोनाको ग्राफ घट्न सकेको छैन । जिल्लामा संक्रमण र मृत्युदर दुबै एउटै रफ्तारमा देखिएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १०१८ नमुना परीक्षण गर्दा ७३१ जनामा संक्रमण पुष्टि भएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा ४८० वटा नमुना परीक्षण गर्दा ३४३ जनामा, नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २०२ नमुना परीक्षण गर्दा २५८ जना र बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३३६ नमुना परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको छ । कुल ७३१ मध्य ५०४ जना बाँकेका र अन्य जिल्ला बाहिरका हुन् ।

बाँकेमा आज १०९ जना कोरोना मुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ९ जना र जिल्ला बाहिरका २ जना छन् । आज प्राप्त मृत्युको तथ्यांकसँगै बाँकेका १६९ जना र जिल्ला बाहिरका १३० जना कोरोना संक्रमतिको बाँकेमा मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई