१७ असार २०८३, बुधबार | July 2, 2026

माधव नेपालको आरोप : ओलीले अध्यादेशमार्फत बलमिच्चाईं गरे



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली निरन्तर वलमिच्चाईंमा लागिरहेको आरोप लगाएका छन् ।

नेता नेपालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीमाथि टिप्पणी गर्दै बलमिच्याईं र अलोकतान्त्रिक काम गरिरहेको आरोप लगाएका हुन् ।

ओलीले संवैधानिक परिषद्को बैठक बोलाएकोमा नेपालले आपत्ति जनाएका छन् । कोरोना भाइरस नियन्त्रण गर्न जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध केन्द्रित गराउनुपर्नेमा बलमिच्याई गर्दै अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार एवं अलोकतान्त्रिक भएको नेपालले टिप्पणी गरेका छन् ।

नेपालले लेखेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतस् गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

नेता नेपालले शुक्रबार पनि सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै ओलीपक्षसँग कुनै सहमति नभएको जिकिर गरेका थिए । तर, उनले सिद्धान्तनिष्ठ, विधि विधान मान्ने पार्टी निर्माणका लागि आफुहरु हदैसम्म लचक बन्ने जनाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : १७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)