१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै लुम्बिनीका विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई पत्र



बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समाबेदन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी विशेष अधिवेशनका लागि समावेदन दर्ता गराएका हुन् । उनीहरुले गत बैशाख ६ गते दर्ता भई छलफल नभएको तथा पुनः दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव आज पुनः संसद सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता दर्ता गरेको पूर्व प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ०८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष