११ पुस २०८२, शुक्रबार | December 26, 2025

औषधि र अक्सिजन सहज बनाउँदै थप अस्पताल संचालन गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । औषधि र अक्सिजन सहज बनाउन र थप अस्पताल संचालन गरी कोरोना संक्रमित बिरामीको उपचार सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ।

अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकर लगायतले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित सरोकारवाला निकायहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता अम्वेडकरले नागरिकहरु समयमा अक्सिजन र सिकिस्त संक्रमित बिरामीले बेड नपाएका कारण मृत्यु भएको भन्दै सर्वोच्च अदालतमा सरकारका नाममा अन्तरिम आदेशको माग गर्दै रित निबेदन हालेका थिए ।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले माग बमोजिम अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए जेठ ७ गतेभित्रमा पेश गर्न आदेश गरेको छ ।

आवश्यक औषधि र अक्सिजनको आपूर्तीको समस्या विरामीसँग प्रत्यक्ष सरोकार राख्ने र अस्पतालमा नभई नहुने भएकाले सहज व्यवस्था गर्न अन्तरिम आदेशमा भनिएको छ।

‘संक्रमित व्यक्तिहरुको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरु संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नु पर्ने समेतका समस्याहरुको समयमै सम्वोधन हुनु पर्ने देखिएकाले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधानयुक्त अस्पताल संचालनमा ल्याउनु,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नु।’

रिट निवेदकका तर्फबाट अधिवक्ता अम्बेडकर सहित अधिवक्ता मोहना अन्सारीले बहस गरेकी थिईन् ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ०९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा