१७ श्रावण २०८३, आइतबार | August 2, 2026

औषधि र अक्सिजन सहज बनाउँदै थप अस्पताल संचालन गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । औषधि र अक्सिजन सहज बनाउन र थप अस्पताल संचालन गरी कोरोना संक्रमित बिरामीको उपचार सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ।

अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकर लगायतले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित सरोकारवाला निकायहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता अम्वेडकरले नागरिकहरु समयमा अक्सिजन र सिकिस्त संक्रमित बिरामीले बेड नपाएका कारण मृत्यु भएको भन्दै सर्वोच्च अदालतमा सरकारका नाममा अन्तरिम आदेशको माग गर्दै रित निबेदन हालेका थिए ।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले माग बमोजिम अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए जेठ ७ गतेभित्रमा पेश गर्न आदेश गरेको छ ।

आवश्यक औषधि र अक्सिजनको आपूर्तीको समस्या विरामीसँग प्रत्यक्ष सरोकार राख्ने र अस्पतालमा नभई नहुने भएकाले सहज व्यवस्था गर्न अन्तरिम आदेशमा भनिएको छ।

‘संक्रमित व्यक्तिहरुको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरु संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नु पर्ने समेतका समस्याहरुको समयमै सम्वोधन हुनु पर्ने देखिएकाले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधानयुक्त अस्पताल संचालनमा ल्याउनु,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नु।’

रिट निवेदकका तर्फबाट अधिवक्ता अम्बेडकर सहित अधिवक्ता मोहना अन्सारीले बहस गरेकी थिईन् ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ०९ बजे

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा