७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीन सरकारको अनुदानमा प्राप्त ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं आइपुग्यो



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीन सरकारले अनुदानमा दिएको ४०० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानले चीनको राजधानी बेइजिङबाट ४ सय सिलिण्डर अक्सिजन ग्याँस बोकेर ल्याएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही बेरअघि अवतरण गरेको नेपाल एयरलाइन्सको विमानले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर ल्याएको छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदनमा उपलब्ध गराएको छ । थप सिलिण्डर लिनका लागि नेपाल एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको एयरलाइन्सले जनाएको छ ।

सरकारले करिब २ हजार थान अक्सिजन सिलिण्डर विमानबाट ल्याउने योजना बनाएको छ । बाँकी सिलिण्डर स्थलमार्गबाट ल्याउने तयारी गरिएको छ ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११