२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

चीन सरकारको अनुदानमा प्राप्त ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं आइपुग्यो



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीन सरकारले अनुदानमा दिएको ४०० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानले चीनको राजधानी बेइजिङबाट ४ सय सिलिण्डर अक्सिजन ग्याँस बोकेर ल्याएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही बेरअघि अवतरण गरेको नेपाल एयरलाइन्सको विमानले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर ल्याएको छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदनमा उपलब्ध गराएको छ । थप सिलिण्डर लिनका लागि नेपाल एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको एयरलाइन्सले जनाएको छ ।

सरकारले करिब २ हजार थान अक्सिजन सिलिण्डर विमानबाट ल्याउने योजना बनाएको छ । बाँकी सिलिण्डर स्थलमार्गबाट ल्याउने तयारी गरिएको छ ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ४९ बजे

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, ढाई करोड बढीको क्षति

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ ।

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका