४ आश्विन २०८३, आइतबार | September 21, 2026

बागलुङमा ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु



बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते भएकी छिन ।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड-१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा छन ।

दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छिन । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको छ । रासस

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १७ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन