१९ बैशाख २०८१, बुधबार | May 2, 2024

आजको मौसम : देशका अधिकांश क्षेत्रमा आंशिकदेखि पूर्ण बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं । देशका अधिकांश क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको भइरहेको हो ।

अहिले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बाँकी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ । बुधबार दिउँसो प्रदेश १, प्रदेश २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : १८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी