१७ श्रावण २०८३, आइतबार | August 2, 2026

भेरी अस्पतालमा स्वचालित ‘एक्सट्राक्सन किट’ सकिएपछि बाँकेमा कोरोना संक्रमणकाे दर घट्यो



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा स्वचालित एक्सट्राक्सन किट सकिएपछि निकै थोरै संख्यामा पीसीआर परीक्षणको रिपोर्ट आउन थालेको छ । स्वचालिन एक्सट्राक्सन किट सकिएर हातेबिधिबाट पीसीआर परीक्षण गरिएका कारण रिपोर्ट धिला आउने र कम संख्यामा मात्र नमुना परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ । बाँकेमा केहि दिन देखि भेरी अस्पतालको प्रयोगशालाको रिपोर्ट २ दिनको एक पटक आउन थालेको थियो ।

माज्दात स्वचालित एक्सट्राक्सन किट सकिएका कारण नमुना धेरै जम्मा भएपनि नतिजा धिलोगरि आउने गरेको भेरी अस्पताल पीसीआर प्रयोगशाला बिभागका प्रमुख प्रचण्ड गौतमले बताए । आज किड आईपुगेको छ, भोलिबाट छिटो रिपोर्ट आउने छ । उनले भने । गौतमका अनुसार २ दिनमा अस्पतालमा १००० बढी नमुना संकलन भईसकेको छ ।

आज पनि भेरी अस्पतालको रिपोर्ट प्राप्त नहुँदा बाँकेमा संक्रमण पुष्टि हुने संख्याको दर घटेको देखिएको छ । २ वटा ल्यावबाट प्राप्त रिपोर्टमा बाँकेमा आज २३५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा १७८ नमुना परीक्षण गरिएकोमा १०० जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा २२७ नमुना परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३५ मध्य बाँकेका १३५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कम नमुना परीक्षणका सम्बन्धमा बुझ्न नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक डा. नितेश कनोडियाको माबाईल उठेन ।

डीसीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ६२१ जना कोरोना मुक्ता भएका छन् । मृत्यु हुनेमा बाँकेका ९ जना र ५ जना बाँके बाहिरका हुन् ।’

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ४९ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको