१४ माघ २०८२, बुधबार | January 28, 2026

अक्सिजनको अभावमा लुम्बिनी प्रादेशिक अस्पतालमा राती कुनैपनि बेला दुर्घटना हुन सक्ने अस्पताल प्रमुखको चेतावनी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अक्सिजनको अभावमा राती अप्रिय दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । अस्पतालले खपत गरिरहेको भन्दा कम परिमाणमा अक्सिजन सिलिण्डरको कोटा निर्धारण गरिएपछि अक्सिजनको अभावमा राती दुर्घटना हुन सक्ने चेतावनी दिएका हुन् ।

डा. खनालले प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा मात्र २४ घण्टामा ३६० सिलिण्डर खपत भईरहेको तथा प्रादेशिक अस्पतालमा सोही समयमा ७२ सिलिण्डर खपत भईरहेकोमा प्रशासनले २४ घण्टामा ३५० सिलिण्डरको कोटा निर्धारण गरेको बताएका छन् । प्रत्यक २४ घण्टामा ४३२ सिलिण्डर अक्सिजन आवश्यक रहेको अवस्थामा ३५० सिलिण्डरले नपुग हुने डा. खनालले बताएका छन् । तोकिएको कोटापनि सप्लायर्शले नदिएको भन्दै उनले राती अक्सिजन सकिएर दुर्घटना हुन सक्ने औंल्याएका छन् ।

साँझ उनको आफ्नै फेसबुक वालमा स्टाटस पोष्ट गर्दै उनले भनेका छन् – ‘आज बिहान हाम्रो अस्पताललाई २४ घन्टाको लागि कम्तीमा ३५० सिलिन्डर अक्सिजन उपलब्ध हुने जानकारी प्राप्त भयो। जबकि धागो कारखानाको आईसीयू र एचडीयू को निम्ति मात्रै प्रतिघन्टा १५ सिलिन्डरको दरले १५*२४ं=३६० चाहिने हो, र माथि अस्पतालको इमर्जेन्सी, आइसोलेशन वार्डमा थप ३ सिलिन्डर प्रतिघन्टाले ३*२४=७२ गरी जम्मा ४३२ को माग हो । तर अहिलेसम्म बिहानदेखि ६५ पाएको अवस्था । राति कुनै दुर्घटना नहोस, त्यही कामना गरौं !’

डा. खनालको यो भनाईले आज पुनः लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर संक्रमितको ज्यान जाने जोखिम देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १० : ५९ बजे

गुल्मीमा बोलेको अभिव्यक्तिले सागर ढकाल सामाजिक सञ्जालमा आलोचनाको घेरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण