२९ मंसिर २०८२, सोमबार | December 15, 2025

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने



काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन् ।

जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थनमा उम्मेदवार रहेका देवकोटा उम्मेदवार रहेका छन् । तर एमाले नेताहरुबीच देखिएको विवाद समाधानउन्मुख देखिएपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासो बढिरहेकै समयमा उनले आफुले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका हुन् । देवकोटा माधव नेपाल निकट बुद्धिजीवि हुन् ।

देवकोटाले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत अन्य दलको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो ।’

निष्ठा र इमान्दारिताको राजनीतिप्रति गहिरो लगाव रहेको उल्लेख गर्दै देवकोटाले केन्द्रमा राजनीतिक घटनाक्रम फेरबदल भएपनि आफुले उम्मेदवारी फिर्ता नलिने स्प्ष्ट पारेका छन् । देवकोटाले भनेका छन्, ‘राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।’

देवकोटा कलम चुनाव चिन्ह लिएर मैदानमा रहेका छन् । उपनिर्वाचनमा देवकोटाबाहेक एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेमकिपाको तर्फबाट कृष्ण तामाङ उम्मेदवार छन् ।

२०७४ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रबाट गृहमन्त्री थापा विजयी भएका थिए। तर, दल त्याग गरेर एमाले प्रवेशगरेपछि दल त्याग ऐनअनुसार उनको पद खारेज भएको थियो ।

 

देवकोटाको वक्तव्य

२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।
निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।
नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित ।
डा. खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।
वागमती प्रदेश ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।