२३ श्रावण २०८३, शनिबार | August 9, 2026

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन् । प्रधानमन्त्री ओलीले शुक्रबार देश जनताका नाममा सपथ लिएका छन् ।

राष्ट्रपति भण्डारीले ओलीलाई बिहीबार राति संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । ओलीले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दैछन् ।

शितल निवासमा प्रधानमन्त्री ओलीसँगै यसअघि रहेका उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले समेत सपथ लिएका छन् । मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् । ओलीले मन्त्रीमा पुरानै अनुहारलाई दोहोयाएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

त्यसअघि २०७४ फागुन ३ गते नेकपा माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । पछि २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि उनी स्वतः उपधारा १ अनुसारको बहुमत प्राप्त नेकपा दलको प्रधानमन्त्री बनेका थिए ।

तर, सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरी साविककै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । ओलीले यही वैशाख २७ गते संसदमा विश्वासको मत गुमाएका थिए ।

ओली त्यसअघि पनि २०७३ सालमा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ०० बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी