७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चीनको दक्षिण-उत्तर पानी डाइभर्सन परियोजना जन-केन्द्रित दर्शनमा आधारित



बेइजिङ । गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा आयोजित गोष्ठीमा देशको जन–केन्द्रित विकास दर्शनप्रति चीनको निरन्तर प्रतिबद्धतालाई जोडदिएका छन् ।

सन् २०२१ को मार्चसम्ममा दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको पहिलो चरणको कार्य सम्पन्न भए पश्चात् ४०।८ अर्ब घन मिटर पानी चीनको उत्तरी भूभागमा पुगेको छ । पानी डाइभर्सनको यस कार्यबाट १३ करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष लाभ पुगेको छ ।

प्राचीनकालदेखि नै चीनले वर्षादको मौसममा बाढीको विनाशलीला र हिउँदमा चरम सुख्खा भोग्दै आएको छ । तर चीनमा वर्षैभरि उत्तरमा पानीको अभाव र दक्षिणमा प्रशस्त पानी हुने गर्दछ । समय र ठाउँको हिसाबले पानीको यस असमान वितरणले शताब्दीयौंदेखि चिनियाँ जनतालाई पिरोलिरहेको छ ।

जनगणतन्त्रका रुपमा चीन रुपान्तरण भएपछि चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० ले देशव्यापी ठूला जल परियोजनाहरुको निर्माणको नेतृत्व गरिरहेको छ । जलस्रोतलाई अनुकूलन गरी दिगो आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन गरेको छ, र अन्ततः जनताको जीवनयापनमा निरन्तर सुधार ल्याइरहेको छ ।

दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना त्यसमध्येको एउटा उदाहरणीय कार्य हो । निकै ठूलो लगानी भएपनि तुलनात्मक रुपमा निकै लाभप्रद यस कार्य सम्पन्न गर्न सावधानीपूर्वक योजना तर्जुमा र कार्यान्वयनमा दृढ प्रतिबद्धता चीन सरकारले व्यक्त गरेको छ ।

यस परियोजनाले याङ्सी नदीको पानीलाई पूर्वी, मध्य र पश्चिमी मार्गबाट उत्तरी चीनका सुख्खा क्षेत्रमा लैजान्छ । यो विश्वमै सबैभन्दा ठूलो आयोजना पनि हो ।

परियोजनाको निर्माणलाई सहज तुल्याउन धेरै चिनियाँ परिवारहरु बसाई सर्नु परेको थियो । उनीहरुलाई नयाँ घरमा पुनस्र्थापित गराइएको थियो र त्यहाँ उनीहरुले नयाँ जीवन शुरु गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  २ : २१ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ