८ बैशाख २०८१, शनिबार | April 20, 2024

दिनभरीमा बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । आज दिनभरीमा बाँकेमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत संक्रमितहरुको बिहान ७ बजे देखि ४ बजेकाबीचमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बैशाख ३० गते भेरी अस्पताल भर्ना भएका बर्दिया मधुवनका ४० वर्षिय पुरुष, बैशाख १८ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका ४४ वर्षिय पुरुष, सैनिक अस्पताल नेपालगन्जमा बैशाख १६ गते भर्ना भएकी मोतिपुर सुर्खेतकी ५३ वर्षिया महिला रहेका छन् । त्यसैगरि बैशाख २१ गते मेडिकल कलेज कोहलपुर भर्ना भएकी ४१ वर्षिया महिला, २१ गते मेडिकल कलेज भर्ना भएका कुमाख, सल्यानका ३६ वर्षिय पुरुष र आज बिहान भेरी अस्पताल लगिएका कोहलपुर ८ का २६ वर्षिया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज दिनभरीमा थपिएको मृतकको संख्यासँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या २३२ पुगेको छ भने जिल्ला बाहिरका मृत्यु हुनेको संख्या १७८ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : १३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु