बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १३३६ नमुना परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २२३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९५२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा २४ घण्टाकै बीचमा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ११११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बुटवल उपमहानगरमा १६४ जना, तिलोत्तमामा ७६ जना, सैनामैनामा ३३ जना, देवदहमा ३१ जना, सिद्धार्थनगरमा २८ जना, सियारीमा ११ र ओमसतियामा १० जनामा संक्रमण पुष्टि भएको छ । अन्यपालिकाहरुमा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।
रुपन्देहीमा आज सम्मामा मृत्यु हुनेको संख्या ३६२ पुगेको छ ।
प्रतिक्रिया