१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ ।

हाल पूर्वी­मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तर­पश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो प्रणालीका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले आज बुलेटिनमार्फत जनाएको छ ।

बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १२ : २६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर