२५ श्रावण २०८३, सोमबार | August 10, 2026

मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ ।

हाल पूर्वी­मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तर­पश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो प्रणालीका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले आज बुलेटिनमार्फत जनाएको छ ।

बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १२ : २६ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका