७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिंहदरबारमा एमाले कार्यदल बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक बस्दैछ ।

सिंहदरबारमा दिउँसो ३ बजे बस्ने कार्यदल बैठकमा पार्टीलाई २०७५ जेठ २ गतेको पार्टी संरचना विधान र नेतृत्वको अवस्थामा फर्काउने विषयमा छलफल हुने बताइएको छ ।

पार्टी फुटको अवस्थामा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार ओली र नेपाल पक्षबाट पाँच पाँच जना रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त रहेका छन् ।

आगामी बिहीबारसम्म कार्यदलले सुझाव दिने भनिएपनि कार्यदलको बैठक बल्ल पहिलो पटक बस्न लागेको छ । कार्यदलले दिएको सुझावका आधारमा शिर्ष नेतृत्वले पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले ब्युँताइदिएपछि गत फागुन २८ गते अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्दै कारवाही अघि बढाएपछि पार्टीभित्र चरम विवाद उत्पन्न भएको थियो । तर, ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिने बेलामा नेपाल पक्षीय सांसदहरुले सामुहिक राजीनामाको धम्की दिएपछि ओली र नेपालबीच विभिन्न चरणका छलफल भएपछि ३१ बैशाखमा कार्यदल बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १२ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई