१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा देखियो भयावह अवस्था, १० घण्टा बीचमा १५ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा बितेको १० घण्टाकाबीचमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी दिएको छ । मृत्यु हुनेमा ७ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र ८ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार जेठ २ गते कोहलपुर भर्ना भएका सानोभेरी रुकुमा ३६ वर्षिय पुरुष, बैशाख २७ गते भर्ना भएका कोहलपुर १२ का ४१ वर्षिय पुरुष, बैशाख २५ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ८४ वर्षिय पुरुष, जेठ २ गते भेरीमै भर्ना भएका नेपालगन्ज ६ का ४५ वर्षिय पुरुष, जेठ १ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्तीसोनारी ३ बाँकेकी ५९ वर्षिया महिला र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका टिकापुर १६ कैलालीका २८ वसर्षय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरि मंगरबार मेडिकल कलेज कोहलपुर भर्ना भएकी कोहलपुर ११ की ५८ वर्षिया महिला, सोही अस्पताल भर्ना भएका नेपालगन्ज ३ का ६१ वर्षिय पुरुष, सोही दिन मेडिकल कलेज भर्ना भएकी त्रिवेणी १ रुकुम पश्चिमकी २७ वषिैया महिला, जेठ १ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ४ का ६७ वर्षिय पुरुष, बैशाख २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका कोहलपुर ४ का ४२ वर्षिय पुरुष र बैशाख ३१ गते भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा बर्दियाका ६३ वर्षिय पुरुषको पनि आजै राती मृत्यु भएको छ ।

त्यस्तै जेठ ३ गते भेरीमा भर्ना भएकी ठाकुरबाबा बर्दियाकी ३८ वर्षिया महिला, ४ गते नै भेरीमा भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षिय पुरुष र बैशाख २९ गते भेरी अस्पताल भर्ना भएकी लम्की चुहा कैलालीकी ६८ वर्षिया महिलाको पनि मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृतकको संख्या थपिएसँगै बाँकेमा जिल्ला भित्रका मृतकको संख्या २५३ र जिल्ला बाहिरका मृतकको संख्या २०९ पुगेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ९ : २६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना