६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा घटेन मृत्युदर, २४ घण्टामा १७ जनाको मृत्यु, ९१ जना संक्रमित, ५२३ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो मृत्युदरको संख्या बाँकेका अहिले सम्मकै उच्च हो । सोहि अवधीमा बाँकेका ५२३ जना कोरोना मुक्त पनि भएका छन् । आज पनि भेरी अस्पतालको पीसीआर परीक्षणको रिपार्ट समावेश नगरि डीसीसीएमसीले सार्वजानिक गरेको विवरणमा बाँकेमा ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेका २ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज ल्यावमा २५५ नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा १८९ नमुना परीक्षण भएकोमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय अस्पतालहरुमा मृत्युदर बढेका कारण सर्वसाधारणमा त्रास छाएको र त्यसैका कारण पीसीआर परीक्षण गर्नेको संख्या घटेको हुनसम्ने नाम नबताउने सर्तमा बाँकेका एक स्वास्थ्यकर्मीले बताए । लक्षण देखिएका र गम्भिर भएकाहरु मात्र पीसीआर परीक्षणका लागि ल्याव पुग्ने गरेको, तर सम्पर्कमा आएकाको कुनै लेखाजोखा नभएको ती स्वास्थ्यकर्मीले बताए ।

पीसीआर गरे पोजेटिभ आउँछ, पोजेटिभ आए अस्पताल बस्नु पर्छ, अस्पताल बसे मृत्यु हुन्छ भन्ने सर्वसाधारणमा परेको छ । ती स्वास्थ्यकर्मीले भने, स्थानीयतहले कन्ट्याक्ट ट्रेसिङको वास्तै गरेको छैन, त्यसैले पीसीआर परीक्षणको दर घट्यो ।

बाँकेमा पछिल्लो २४ घण्टामा जिल्लाभित्रका ८ जना र जिल्ला बाहिरका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा लगातार रातीको समयमा बढी मृत्यु हुनु र करिव एकै समयमा मृत्यु हुनुलाई छानवीन हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ५ : १४ बजे

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते