१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी, साँझ ५ बजेबाट मतगणना, आजै नतिजा आउने



हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ ।

हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे जारी रहनेछ ।

मतदान सकिएपछि साँझ ५ बजेबाट मतगणना हुने र आजै नतिजा प्रकाशित गरिने निर्वाचन कार्यालयले जनाएको छ । नतिजा भर्चुअल माध्यमबाट प्रकाशित गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

यो उपनिर्वाचनमा एमाले नेता एवं गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङ पनि उम्मेदवार रहेका छन् ।

स्वतन्त्र उम्मेदवार डा. देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको छ । देवकोटा एमालेको नेपाल पक्षकै आग्रहमा उम्मेदवार बनेका देवकोटालाई माओवादी र कांग्रेस र जसपाले समर्थन गरेका हुन् ।

मतदान स्थलमा उम्मेदवार थापा, देवकोटा र तामाङले अवलोकन गरेका छन् । यो मतदानमा बागमती प्रदेशसभाका सांसदहरु एवं बागमती प्रदेशअन्तर्गत सबै स्थानीय तहका प्रमुख उपप्रमुखहरुले भोट हाल्न पाउँछन् ।

प्रदेशसभामा ११० जना सांसदहरु रहेका छन् । तर केहीदिनअघि एमाले सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ । यस्तै स्थानीय तहका ३४८ जना प्रमुख उपप्रमुखहरु रहेका छन् ।

तर विवेकशील साझाले भने मतदानमा भाग नलिने भएको छ । यो पार्टीका ३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ३७ बजे

रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद