१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बाँकेमा १८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४७५ जना कोरोना मुक्त, ६ जनाको मृत्यु



नेपालगन्ज । बाँकेका २ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२७ नमुना परीक्षण गर्दा ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल र बागेश्वरी डाइग्नोशिस ल्यावमा गरिएको पीसीआर परीक्षणबाट २४ घण्टामा कुल ५२८ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ७७ महिला र १११ पुरुष गरि १८८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजको ल्यावको रिपोर्ट भने आजको विवरणमा समावेश गरिएको छैन ।

सोही समयमा बाँकेमा जिल्ला भित्रका ६ र जिल्ला बाहिरका ६ जना गरि १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ४६८ जनामा संक्रमण पुष्टि भएको थियो भने बागेश्वरी ल्यावमा १४७ नमुना परीक्षण गर्दा ६७ जनामा कोरोना देखिएको थियो ।

बाँकेमा आज ४७५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा आज सम्ममा २५९ जिल्ला भित्रका र २१५ जना जिल्ला बाहिरका कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ५२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम