६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा संक्रमितको मृत्युदर अझै घटेन, १५ घण्टामा १३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि १५ घण्टाको अवधीमा १३ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । मृतक मध्य ६ जनाको नेपालगन्ज मेडिकल कलेज बोलपुरमा र ७ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डिसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा घोराही दाङकी ३५ वर्षिया महिला, घोडाघोडी कैलालीकी ४० वर्षिया महिला, गुलरिया बर्दियाकी ५५ वर्षिया महिला, राप्ती सोनारी बाँकेका ३३ वर्षिय पुरुष, राप्तीसोनरीकै ५५ वर्षिया महिला र बैजनाथ बाँकेका ३३ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि भेरी अस्पतालमा मृत्यु हुनेमा कालिमाटी सल्यानका ३४ वर्षिय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षिया महिला, खजुरा ७ का ४८ वर्षिय पुरुष, लम्कीचुहाका ६७ वर्षिय पुरुष, खजुरा ३ का ६७ वर्षिय पुरुष, कपुरकोट सल्यानका ४४ वर्षिय पुरुष र बैजनाथ बाँकेका ४३ वर्षिया महिला रहेका छन् ।

आज मृतक थपिएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएका मध्य २२२ जना संक्रमितको मृत्यु भईसकेको छ भने बाँकेका २६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ५४ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम