२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आजको मौसम : पहाडका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित सामान्य वर्षाको सम्भावना



काठमाडौं । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाको भनाइ छ । दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको दाबी छ ।

अपराह्नतिर प्रदेश १ का पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित सामान्य वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । राति देशका केही पहाडी भू-भागमा वर्षाको सम्भावनासमेत रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ७ : ४७ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो