१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पछिल्लो २४ घण्टामा बाँकेमा मृत्युको संख्या शुन्य, ११४ नयाँ संक्रमित थपिँदा ४५२ डिस्चार्ज



नेपालगन्ज । बाँकेका पछिल्लो २४ घण्टामा मृत्युदर शुन्यमा झरेको छ । उच्च मृत्युदरका कारण त्रासको वातावरणमा रहेको बाँकेमा पछिल्लो २४ घण्टाको खबरले राहत प्रदान गरेको छ । आज बाँकेमा संक्रमित थपिने दर पनि घटेको छ । जिल्लामा संक्रमित थपिने संख्या बिगत २ दिन देखि घट्न थालेको हो ।

२४ घण्टाकै अवधीमा बाँकेका ३ वटा प्रयोगशालामा ६७० नमुना परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३९० मध्य बाँकेका ११४ जनामा मात्र संक्रमण पुष्टि भएको हो । सोही अवधीमा बाँके जिल्लाभित्र मृत्युको संख्या शुन्यमा झ।को छ भने जिल्ला बाहिरबाट उपचार गर्न आएका संक्रमित मध्य ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोलपर्शन तेज ओलीले जनाएका छन् ।

आज बाँकेमा ४५२ जना कोरोना मुक्त भएका छन् । बाँकेको भेरी अस्पताल ल्यावमा भएको पीसीआर परीक्षणमा ३३८ नमुनामा २६५ पोजेटिभ, नेपालगन्ज मेडिकल कलेज ल्यनवमा ११२ नमुनामा ३६ जना र बागेश्वरी डाइग्नोशिस ल्यावमा १९० नमुनामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ५ : ४८ बजे

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम