६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बाँकेमा जेठ १७ गते मध्यरातसम्म निषेधाज्ञा थपियो



नेपालगन्ज । जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते मध्यराती १२ बजे सम्मका लाथि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालमै पहिलो पटक बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषाधाज्ञा अहिले बाँके जिल्ला भरी जारी रहेको छ । महामारीको प्रकोप अझै नघटेको ठहर गर्दै जिल्ला सुरक्षा समितिले थप ७ दिनलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द (डीसीसीएमसी)को नामबाट बैठक र निर्णयहरु हुने गरेपनि कोरोना माहामारी नियन्त्रण सम्बन्धी अध्यादेश आएसँगै डीसीसीएमसी खारेज भएपछि आज जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञाका बिषयमा छलफल भएको थियो ।

समितिले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना बनाएर लागु गर्ने समेत निर्णय गरेको छ । यस अघि जारी निषेधाज्ञा फितलो भएको गुनासो आएको र गृह मन्त्रालयले समेत देशभरका प्रमुख जिल्ला अकिारीहरुलाई निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन गरे अनुसार अव थप हुने निषेधाज्ञाको कार्यान्वयन कडा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

बाँकेमा निषेधाज्ञा जारी भएको १ महिना पछि पहिलो पटक आज २४ घण्टामा बाँकेमा शुन्य मृत्यु को अवस्था पुगेको छ भने संक्रमित थपिने क्रममा पनि केही कमी आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १० : ५८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया