१६ श्रावण २०८३, शनिबार | August 2, 2026

बाँकेमा जेठ १७ गते मध्यरातसम्म निषेधाज्ञा थपियो



नेपालगन्ज । जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते मध्यराती १२ बजे सम्मका लाथि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालमै पहिलो पटक बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषाधाज्ञा अहिले बाँके जिल्ला भरी जारी रहेको छ । महामारीको प्रकोप अझै नघटेको ठहर गर्दै जिल्ला सुरक्षा समितिले थप ७ दिनलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द (डीसीसीएमसी)को नामबाट बैठक र निर्णयहरु हुने गरेपनि कोरोना माहामारी नियन्त्रण सम्बन्धी अध्यादेश आएसँगै डीसीसीएमसी खारेज भएपछि आज जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञाका बिषयमा छलफल भएको थियो ।

समितिले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना बनाएर लागु गर्ने समेत निर्णय गरेको छ । यस अघि जारी निषेधाज्ञा फितलो भएको गुनासो आएको र गृह मन्त्रालयले समेत देशभरका प्रमुख जिल्ला अकिारीहरुलाई निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन गरे अनुसार अव थप हुने निषेधाज्ञाको कार्यान्वयन कडा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

बाँकेमा निषेधाज्ञा जारी भएको १ महिना पछि पहिलो पटक आज २४ घण्टामा बाँकेमा शुन्य मृत्यु को अवस्था पुगेको छ भने संक्रमित थपिने क्रममा पनि केही कमी आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १० : ५८ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा