६ बैशाख २०८१, बिहिबार | April 19, 2024

बाँकेमा कोरोना माहामारी नियन्त्रणको दिशामा, अस्पतालमा कोरोना वार्डका बेड खाली हुन थाले



नेपालगन्ज । बाँकेमा संक्रमण र मृत्युको दर घटेसँगै अस्पतालका बेडहरु पनि खाली हुन थालेका छन् । अघिल्लो हप्तासम्म कोरोना महामारीको हटस्पट देखिएको बाँकेका यस हप्ता लगातार संक्रमित घट्ने, मृत्युदर घट्ने र अस्पतालका बेडहरु पनि खाली हुने क्रम सुरु भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेका २ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४० जनामा मात्र संक्रमण पुष्टि भएको छ । २ वटा पीसीआर ल्यावमा १०३ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ४० जनामात्र संक्रमति थपिएको हो । २ दिन लगातार शुन्यमा झरेको मृत्युको संख्या आज भने १ जनाको मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुरकै स्थायी बासिन्दाको आज बिहान मृत्यु भएको थियो । बाँकेमा उपचाररत अन्य जिल्लाका कोरोना संक्रमित मध्य ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

बाँकेमा २४ घण्टाकै अवधीमा १६६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अघिल्लो हप्तासम्म अस्पतालमा बेड नपाउने अवस्था रहेको बाँकेमा आज अस्पतालमा बेडहरु समेत खाली भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । आज मध्यान्ह सम्ममा बाँकेको भेरी अस्पतालमा ११ बेड, मेडिकल कलेज कोरोना वार्डमा २९ बेड, वेष्टर्न अस्पतालको सर्जिकल वार्डमा १३ बेड र युनाईटेड अस्पतालमा ५ बेड खाली रहेको श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ५ : ३८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी