७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सीसीएमसी प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त



काठमाडौं । सरकाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा पूर्वरथी शर्मालाई नियुक्त गरेको हो । माओवादी लडाकु समायोजनका लागि बनेको सेना समायोजन विशेष समितिको संयोजकको भूमिका निभाएका शर्मालाई कोरोना महामारी नियन्त्रणका लागि सरकारले जिम्मा दिएको छ ।

सीसीएमसीको नेतृत्व यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको गर्दै आएका थिए । जेठ ७ गते कोरोना नियन्त्रणसम्बन्धी अध्यादेश ल्याएसँगै अस्तित्वमा आएको कोभिड १९ निर्देशक समितिमातहतमा सीसीएमसी ल्याइएको थियो । निर्देशक समितिको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका छन् ।

निर्देशक समितिको सदस्य सचिव सीसीएमसी प्रमुख रहेने व्यवस्था छ । निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, अर्थ, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

पूर्वरथी शर्माले अब कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने सरकारलाई सुझाव दिने र सरकारले अनुमोदन गरेका योजनालाई कायान्यवन गर्ने जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ३५ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२