७ आश्विन २०८३, बुधबार | September 23, 2026

सीसीएमसी प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त



काठमाडौं । सरकाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा पूर्वरथी शर्मालाई नियुक्त गरेको हो । माओवादी लडाकु समायोजनका लागि बनेको सेना समायोजन विशेष समितिको संयोजकको भूमिका निभाएका शर्मालाई कोरोना महामारी नियन्त्रणका लागि सरकारले जिम्मा दिएको छ ।

सीसीएमसीको नेतृत्व यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको गर्दै आएका थिए । जेठ ७ गते कोरोना नियन्त्रणसम्बन्धी अध्यादेश ल्याएसँगै अस्तित्वमा आएको कोभिड १९ निर्देशक समितिमातहतमा सीसीएमसी ल्याइएको थियो । निर्देशक समितिको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका छन् ।

निर्देशक समितिको सदस्य सचिव सीसीएमसी प्रमुख रहेने व्यवस्था छ । निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, अर्थ, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

पूर्वरथी शर्माले अब कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने सरकारलाई सुझाव दिने र सरकारले अनुमोदन गरेका योजनालाई कायान्यवन गर्ने जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई