१८ असार २०८३, बिहिबार | July 2, 2026

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता



काठमाडौं । संसदबाट विधेयक पारित हुने अन्तिम अवस्थामा रहेका बेला सरकारले आफु खुशी संविधान संशोधन गरेर नागरिकता अध्यादेश जारी गरेको भन्दै अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विष्णुकुमार गिरी र गणेशकुमार शर्माले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

संसदबाट विधेयक पारित हुने अन्तिम अवस्थामा रहेका बेला सरकारले आफु खुशी संविधान संशोधन गरेर अध्यादेश जारी गरेको भन्दै रिट निवेदनमा सो अध्यादेश खारेजीको माग गरिएको छ । संसदको राज्य व्यवस्था समितिबाट पारित भएर नागरिकता ऐन–२०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । तत्कालिन अवस्थामा एमाले पक्षबाटै विरोध भएपछि नागरिकता ऐन अगाडि बढ्न सकेको थिएन ।

सर्वोच्च अदालतले सो रिट उपर जेठ २१ मा सुनुवाई गर्नेगरी पेशी तोकेको छ ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ११ : २९ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता