२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पाँचथरमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते



फिदिम । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका-३ सुम्निमाचोकमा दुर्घटना भएको हो । सो एम्बुलेन्स सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका-२ फलैँचाकी ५० वर्षीय ममता राईको मृत्यु भएको छ । उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का डोडकुमार राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार, उनको टाउको, हात तथा छातीमा चोट लागेको छ ।

दुर्घटनापछि प्रहरीले एम्बुलेन्सका चालक पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : ०४ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष