२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

राष्ट्रियसभा उपचुनाव : मध्यान्न १२ बजेसम्म २७६ जनाद्वारा मतदान, चुनावको नतिजा छिट्टै आउने



दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि भैरहेको उपचुनावको मतदान जारी छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा मध्यान्न १२ बजेसम्म २७६ जनाले मतदान गरिसकेका छन् ।

यसमध्ये स्थानीयतर्फ ७३ जना महिला र १०१ जना पुरुषले मतदान गरिसकेका छन् । यसैगरी प्रदेशसभातर्फ २९ जना महिला र ४९ जना पुरुषले मतदान गरेका छन् ।

यसैगरी कोभिड केन्द्रमा प्रदेशका ३ जना र स्थानीयतर्फ २१ जनाले मतदान गरेका छन् । निर्वाचनमा कुल मतदाता ३०० जना रहेका छन् ।

बिहान ९ बजेबाट मतदान सुरु भएको मतदानको समय ३ बजेसम्म रहेको छ । पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका थिए ।

राप्रपाका नेता एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबराले मतदान बहिस्कार गरेका छन् ।

उपचुनावमा दुई जना उम्मेदवार मैदानमा रहेका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

मतदान सकिएपछि सर्वदलीय बैठक बसेर तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : १८ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ