२२ भदौ २०८३, सोमबार | September 7, 2026

राष्ट्रियसभा उपचुनाव : मध्यान्न १२ बजेसम्म २७६ जनाद्वारा मतदान, चुनावको नतिजा छिट्टै आउने



दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि भैरहेको उपचुनावको मतदान जारी छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा मध्यान्न १२ बजेसम्म २७६ जनाले मतदान गरिसकेका छन् ।

यसमध्ये स्थानीयतर्फ ७३ जना महिला र १०१ जना पुरुषले मतदान गरिसकेका छन् । यसैगरी प्रदेशसभातर्फ २९ जना महिला र ४९ जना पुरुषले मतदान गरेका छन् ।

यसैगरी कोभिड केन्द्रमा प्रदेशका ३ जना र स्थानीयतर्फ २१ जनाले मतदान गरेका छन् । निर्वाचनमा कुल मतदाता ३०० जना रहेका छन् ।

बिहान ९ बजेबाट मतदान सुरु भएको मतदानको समय ३ बजेसम्म रहेको छ । पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका थिए ।

राप्रपाका नेता एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबराले मतदान बहिस्कार गरेका छन् ।

उपचुनावमा दुई जना उम्मेदवार मैदानमा रहेका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

मतदान सकिएपछि सर्वदलीय बैठक बसेर तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : १८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा