१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

घटनाको ५ दिनपछि बुझायो छानविन समितिले प्रतिवेदन : भेरी अस्पताल स्वास्थ्यकर्मी कुटपिट प्रकरण



नेपालगन्ज । आफन्तको मृत्यु पछि नेपालगन्ज स्थित भेरी अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफ कुटपित तथा आईसीयू परिषर तोडफोडको घटनाको छानविन गर्न गठित समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । घटना घटेको पाँच दिन पछि छानविन गर्न गठित समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको हो ।

तोडफोड सहित स्वास्थ्यकर्मी कुटिए लगत्तै अस्पतालका स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलित भएपछि बांकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । छानविन समितिका संयोजक विष्टले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार सांझ प्रमुख जिल्ला अधिकारी गेलाललाई वुझाइएका छन् ।

प्रजिअ गेलालले खबरकुरासँग कुरा गर्दै प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गरेर आवश्यक कदम चाल्ने बताए । उनले प्रतिबेदनमा आएका बिषयलाई कानुन बमोजिम कार्यान्वयन हुने बताउँदै छिट्टै कानुनी प्रक्रिया सुरु गरिने जानकारी दिए ।

बिहीबार राती दाङको तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका २ जना भाई र छोराले एकजना नर्सिङ स्टाफको घाँटी थिचेर आक्रमण गर्नुका साथै चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई पनि कुटपिट गरेका थिए । उनीहरुले अस्पतालको आईसीयू कक्षको तोडफोड समेत गरेका थिए । कुटपिट र तोडफोडमा संलग्न एमाले नेता मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले तीनीहरु विरुद्ध ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिसकेको छ । घटनामा संलग्न अन्यको खोजि भईरहेको बाँकेका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए ।

उनीहरुले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई सांघातीक आक्रमण गरेका थिए । उनीहरु आक्रमणकारीबाट ज्यान जोगाउन उनीहरु बाथरुमको झ्याल फोडेर पहिलो तलाबाट हाम्फालेका थिए ।

समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि सरोकारवालासंग सोधपुछको समय नपुगेको भन्दै थप एक दिन समय माग गरेपछि एक दिन म्याद थपिएको थियो ।

समितिले अस्पतालमा रहेको सीसी क्यामेराको फेटेज, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार पारेको समितिका सदस्य तथा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

समितिमा संयोजक विष्ट सहित जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक खड्का, अस्पताल विकास समितिका सदस्य श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी ओली, चिकित्सक संघका अध्यक्ष डा. बिनोद कर्ण, धनराम ओली, डा. रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिबिक्रम शाह सदस्य रहेका थिए ।

घटनाका दाेषीलाई कडा कारवाहीकाे माग राख्दै स्वास्थ्यकर्मीहरुले चरणबद्द आन्दाेलन गिररहेका छन् । आाज पनि अस्पताल परिषरमा साँझ स्वास्थ्यकर्मीहरुले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : २९ बजे

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’