१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । यसअघि दुई पटकसम्म स्थगित भएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीबाट निष्काशित माधव नेपाल पक्षका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने कार्यसूचि छ ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण पत्र पठाइएको थियो । तर, उनीहरूले कुनै जवाफ दिएका छैनन् । यसअघि नै माधव नेपाल, भीम रावल नेताहरुलाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।

हाल भएको २ वटा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले पराजित भएको छ । त्यसमा नेपाल पक्षले विपक्षी उम्मेदवारलाई मतदान गरेका कारण पराजय भएको निष्कर्ष एमालेको छ ।

यसैबिच सोमबार राति अबेरसम्म याक एन्ड यति होटलमा एमालेका दोस्रो तहका नेताले पार्टीमा एकता कायम गर्ने प्रयासमा छलफल गरेका थिए ।

भेटवार्तामा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेता पाण्डेसहित घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए ।

आज बस्ने स्थायी कमिटी बैठकले १२ नेताहरुलाई समेत कारवाही गर्ने संस्थापन पक्षको तयारी थियो । वार्ता सकारारात्मक भएको भन्दै एक नेताले नेताहरुमाथिको कारवाही रोकिनसक्ने बताए ।

दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित हुँदै आएका छन् । दोस्रो वरियताका नेताहरुकै आग्रहमा दुई दिन बैठक स्थगित भएको बुझिएको छ ।

माधव नेपाल पक्षमा लागेका दोस्रो वरियताका नेताहरु पनि एमालेबाट आफूहरुलाई नहटाओस भन्ने पक्षमा देखिएकाले पनि बैठक स्थगित हुँदै आएको एक स्थायी कमिटी सदस्यले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १० : २५ बजे

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी