८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौं आईपुग्यो चिनियाँ अनुदानको ८ लाख डोज खोप



काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गरे अनुसार ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमान ८ लाख डोज खोप बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा अघिल्लो साता चीनका राष्ट्रपति सी चिङफिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

बाँकी दुई लाख खोप तिब्बतले दिने बताईएको छ । तिब्बतबाट आउने खोप मध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ भने अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ । त्यसबाहेक बाँकी ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : २२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल