१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

काठमाडौं आईपुग्यो चिनियाँ अनुदानको ८ लाख डोज खोप



काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गरे अनुसार ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमान ८ लाख डोज खोप बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा अघिल्लो साता चीनका राष्ट्रपति सी चिङफिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

बाँकी दुई लाख खोप तिब्बतले दिने बताईएको छ । तिब्बतबाट आउने खोप मध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ भने अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ । त्यसबाहेक बाँकी ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : २२ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने