१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त



काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए ।

कानुन व्यवसायी समेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । चार वर्षअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र गोपाल बुढाथोकी भएका थिए ।

उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो । सरकारले उनको यो नियुक्तिलाई सर्वोच्च अदालतका न्यायाधीशबराबर मान्यता दिएको छ । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : २३ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना