१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त



काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए ।

कानुन व्यवसायी समेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । चार वर्षअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र गोपाल बुढाथोकी भएका थिए ।

उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो । सरकारले उनको यो नियुक्तिलाई सर्वोच्च अदालतका न्यायाधीशबराबर मान्यता दिएको छ । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : २३ बजे

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी