१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओखलढुङ्गा-रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण



ओखलढुङ्गा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ओखलढुङ्गा-रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

सिद्धिचरण नगरपालिका-११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामारुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाईले प्रदेश सरकारलाई उक्त आयोजना जिम्मा लगाएको हो ।

गत ३० डिसेम्बर २०१८ मा तामाङ कुमार जेभीले कालोपत्रेको सम्पूर्ण काम ३० मे २०१९ सम्ममा काम सक्नेगरि ठेक्का लिएको थियो । पटक पटक म्याद थप र स्थानीयको दवावपछि ठेकेदार कम्पनीले काम सकेको थियो ।

भ्याटसहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसामा कालोपत्रे गरिएको उक्त सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध र सरोकारवालाको खवरदारी पछि ठेकेदारले सडक मर्मत गरेको थियो ।

उक्त आयोजनालाई तत्काल सुधार गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बताए । आयोजना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ठेकेदारले राम्रो काम नगर्दा सर्वाधिक महत्वको सडक विकास दिगो नभएको भन्दै यसलाई सुधार गर्न आफूले तत्काल योजना अघि बढाउने बताए ।

यसअघि संघ सरकार अन्तरगतको पुनर्निर्माण प्राधिकरणले यो आयोजना हेरिरहेकाले प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्दा गुणस्तरीय कामका लागि आफुले ताकेता गर्न नमिलेको बताउँदै तत्काल सडक सुधारको काम थालिने मन्त्री गुरुङको भनाई छ ।

पुननिर्माण प्राधिकरण अन्तर्गत गुणस्तरीय काम नभएकाले प्रदेश सरकारले जिम्मा लिनुपरेको मन्त्री गुरुङको भनाई थियो । जिल्लाका अधुरा योजनाको तिव्रता र गुणस्तरहीन संरचनाको सुधारमा आफू निरन्तर लागिरहेको उनले बताए ।

भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा-रुम्जाटार सडक कालेपत्रे गरिएको थियो । उक्त परियोजना अन्तरगत ओखलढुंगा-रामपुर-लप्सेफेदी सडक आयोजनाको काम चलिरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : २५ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका