७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओखलढुङ्गा-रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण



ओखलढुङ्गा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ओखलढुङ्गा-रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

सिद्धिचरण नगरपालिका-११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामारुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाईले प्रदेश सरकारलाई उक्त आयोजना जिम्मा लगाएको हो ।

गत ३० डिसेम्बर २०१८ मा तामाङ कुमार जेभीले कालोपत्रेको सम्पूर्ण काम ३० मे २०१९ सम्ममा काम सक्नेगरि ठेक्का लिएको थियो । पटक पटक म्याद थप र स्थानीयको दवावपछि ठेकेदार कम्पनीले काम सकेको थियो ।

भ्याटसहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसामा कालोपत्रे गरिएको उक्त सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध र सरोकारवालाको खवरदारी पछि ठेकेदारले सडक मर्मत गरेको थियो ।

उक्त आयोजनालाई तत्काल सुधार गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बताए । आयोजना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ठेकेदारले राम्रो काम नगर्दा सर्वाधिक महत्वको सडक विकास दिगो नभएको भन्दै यसलाई सुधार गर्न आफूले तत्काल योजना अघि बढाउने बताए ।

यसअघि संघ सरकार अन्तरगतको पुनर्निर्माण प्राधिकरणले यो आयोजना हेरिरहेकाले प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्दा गुणस्तरीय कामका लागि आफुले ताकेता गर्न नमिलेको बताउँदै तत्काल सडक सुधारको काम थालिने मन्त्री गुरुङको भनाई छ ।

पुननिर्माण प्राधिकरण अन्तर्गत गुणस्तरीय काम नभएकाले प्रदेश सरकारले जिम्मा लिनुपरेको मन्त्री गुरुङको भनाई थियो । जिल्लाका अधुरा योजनाको तिव्रता र गुणस्तरहीन संरचनाको सुधारमा आफू निरन्तर लागिरहेको उनले बताए ।

भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा-रुम्जाटार सडक कालेपत्रे गरिएको थियो । उक्त परियोजना अन्तरगत ओखलढुंगा-रामपुर-लप्सेफेदी सडक आयोजनाको काम चलिरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : २५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई