१८ असार २०८३, बिहिबार | July 3, 2026

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : निधि



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्।

कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्धारा शनिबार आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उपसभापति निधिले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

“आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताए ।

काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले काँग्रेसको १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताइन । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुनलगायतले पार्टीको विधानअनुसार समयमा नै महाधिवेशन गर्नका लागि केन्द्रीय नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड ए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ७ : २४ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले