१८ असार २०८३, बिहिबार | July 3, 2026

प्रतिनिसभा विघटन मुद्दा : वरिष्ठतम न्यायाधीसहरु समेटेर संवैधानिक इजलास पुनर्गठन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न वरिष्ठतम न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा वरिष्ठतम न्यायाधीसहरुमध्येबाट इजलास गठन गरेका छन् ।
इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई र रहेका छन् ।

यसअघि पुष ५ को प्रतिनिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामाथि सुनुवाइ गठन गठित इजलासमा प्रश्न उठेपछि बाहिरिएका चौंथो वरियताका न्यायाधीस हरिकृष्ण कार्की यसपटक पनि समावेश भएका छैनन भने त्यसपछिको वरियतामा रहेका अर्का न्यायाधीस विश्वम्भर श्रेष्ठ कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका छन् । त्यसैले त्यसपछिका दुई न्यायाधीस भट्टराई र खतिवडा परेका छन् ।

प्रधानन्यायाधीस राणाले यसअघि गठन गरेको संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीसहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा रिट निवेदकहरुका तर्फबाट प्रश्न उठेपछि विवादित बनेको थियो । गत मंगलबार प्रधानन्यााधीस राणाले सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २१ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले