२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशसभा : विपक्षी वेञ्च खाली, प्रदेश प्रमुखद्वारा नीति कार्यक्रम वाचन



बुटवल । लुम्बिनी प्रदेश सरकारले विपक्षी सांसदहरुको उपस्थिती विना प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गत बैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक विपक्षी गठबन्धनका सांसदहरुले बहिस्कार गरेका छन् ।

विपक्षी सांसदहरुको अनुपस्थितीमै प्रदेश प्रमुख धर्मनाथ यादवले आज आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले नीति तथा कार्यक्रम बहिस्कार गरेका छन्। यी दलहरुले प्रमुख सचेतकहरुलाई मात्र प्रदेशसभामा पठाएर अन्य सांसदलाई बहिस्कार गर्न निर्देशन दिए अनुसार सांसदहरु प्रदेशसभामा अनुपस्थित भएका हुन् ।

बैशाख १९ गते सांसदहरुमाथि अभद्र व्यवहार गर्दै मुख्यमन्त्रीलाई जवरजस्ती सपथ खुवाइएको विरोधमा प्रदेशसभाको बैठक बहिस्कार गरेको ती दलहरुले आज एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका थिए ।

 

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : ४२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले