२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सर्वोच्च अदालतले नागरिकता अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका एक अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नागरिकता अध्यादेश रोक्नु गलत भएको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अध्यादेश रोक्न अदालतबाट आएको आदेशले आफुहरु दुखित भएको बताएका छन् । ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको जिकिर गरे । उनले नागरिकता सम्बन्धी अध्यादेश रोक्दा नागरिकतासम्बन्धी समस्या थप भयावह हुने बताए ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्दमा परेको रिटमा सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएको थियो ।

नागरिकता अध्यादेश लगायतका माग सम्बोधन हुनेभएपछि पार्टी फुटकै अवस्थामा भएपनि प्रधानमन्त्री ओलीलाई समर्थन गरेका ठाकुरले ३ वर्षदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकताबारे कुनै निर्णय गर्न नसकेको आरोप समेत लगाए । उनले नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसाय, वैदेशिक रोजगार लगायतका राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरे ।

ठाकुरले आपसमा समन्वय गरेर काम गर्न नवनियुक्त मन्त्री यादवसहित अन्य मन्त्रीहरुलाई समेत निर्देशन दिए । त्यसअवसरमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री राजेन्द्र महताले देश र जनताप्रति समर्पित भएर काम गर्र्नुपर्ने बताए ।

मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म पार्टीको नीति, निर्देशन र उद्धेश्य प्राप्त गर्न केन्द्रित हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ३ : ४५ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष