काठमाडौं । सोमबार कोरोना संक्रमितको संख्या अझै घटेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।
६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार ३२१ जोन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दा सक्रिय संक्रमितको संख्या पनि विस्तारै घटिरहेको छ । हाल हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ ।



















प्रतिक्रिया